काठमाडौं: मंगलबारदेखि देशभरका शिक्षण संस्था बन्द हुने भएका छन्।

बढ्दो वायु प्रदूषणका कारण सरकारले भोलीदेखि लागू हुनेगरी चार दिनका लागि देशभरका सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। केही दिनदेखि देशैभर वायु प्रदूषण बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय