स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमणको जोखिमलाई ख्याल गदै यस वर्षको होली पर्वमा अनावश्यक भिडभाड नगर्न अनुरोध गरेको छ ।

मन्त्रालयको आजको प्रेस ब्रिफिङमा सह प्रवक्ता डा. समीर कुमार अधिकारीले कोरोना संक्रमण बढ्ने जोखिम कायमै रहेकाले होली पर्वमा अनावश्यक भिडभाड नगरी परिवारमा रहेर मनाउन सबैमा आग्रह गर्नुभयो ।यस्तै भारतमा सङ्क्रमितको सङ्ख्या बढ्नाले नेपाल फर्किनेको सङ्ख्या बढ्दै गएकाले प्रवेश विन्दुमा आवश्यक सुरक्षा अपनाउन तथा स्वास्थ्य सहायता कक्षलाई सक्रिय रुपमा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय