माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजाआराधना गरी मनाइँदैछ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारतीशारदाहंसवाहिनीजगन्मातावागीश्वरीकौमारीवरदायिनीबुद्धिदात्रीब्रह्मचारिणीचन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकारकलाकारपत्रकारशिक्षक र विद्यार्थी आआफ्ना कलासाधनाका वस्तु कलमकापीकुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजाआराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई वसन्त पञ्चमी’ पनि भनिन्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय