थरुहट/थारुवान आन्दोलन र टीकापुर घटनाबारे सुन्नै नचाहने र बोल्नै नचाहने संघीय सरकारका उद्योग वाणिज्य आपुर्ति मन्त्री लेखराज भट्टले अन्ततः मुख खोलेका छन्।नेकपा फुटले सिर्जित राजनीतिक संकटका बीच मन्त्री लेखराज भट्टले टीकापुर घटनाबारे मुख खोलेका हुन्। नेकपा ओली समूह निकट प्रेस संगठन नेपालको सुदूरपश्चिम प्रदेश स्तरीय भेलालाई सोमबार सम्बोधन गर्दै मन्त्री भट्टले टीकापुर घटनाका प्रमुख योजना भनिएका तथा अदालतबाट जन्मकैद सजाय पाएर जेल जीवन भोगिरहेका रेशमलाल चौधरीलाई निर्दोष भएको दाबी गरेका छन्।

उनले सम्बोधनको क्रममा भने,“टीकापुुर हत्याकाण्डबारे यथार्थ चीज बाहिर आएको छैन। को बाट हो ? रेशम चौधरीलाई हल्या छ, उसमा। रेशम चौधरी योजनाकार हुन् कि, होइनन् मलाई शंका छ। अरु नै हुुन जस्तो लाग्छ मलाई । यी चीजहरु अध्ययन गरेर रिपोर्टहरु हाम्रो सरकारले सार्वजनिक गर्न जरुरी छ। निर्दोषलाई बाहिर निकाल्ने र दोषिलाई भित्र हाल्ने कुरामा पछि पर्नुहुन्न भन्ने मैले त्यो सोचेको छ। अस्ति प्रधानमन्त्री ज्यूले पनि केही भन्नुभयो।”यद्यपी मन्त्री भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटना मुद्दा अदालती प्रक्रियामा रहेकोले केही गर्न सकिन्न भनिरहँदा मौनता साधेर बसेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय