एजेन्सी । बलिउडकी ड्रामा क्वीन भनेर चिनिने अभिनेत्री राखी सावंत जो कोहीका विषयमा टिप्पणीग गर्न पछि हट्दिनन् । मिडियाको ध्यान आफूतर्फ आकर्षित राखी जस्तो चलाख सायदै होलान् ।

प्रत्येक विषयमा ध्यान दिने राखी यतिबेला भने बलिउड भन्दा टाढा छिन् । उनीसँग यतिबेला कुनै फिल्म वा कुनै शो नभएपनि उनी १५ करोड रुपैयाँ बराबरको सम्पत्तिकी मालिक हुन् । राखीका बुवा आनन्द सावंत मुम्बई प्रहरीमा हबल्दार थिए। उनी मुम्बईमा आफ्नी आमा जयासँग बस्छिन् । बलिउड अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरमाथि यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन् । यो विषयमा राखी तनुश्रीमाथि धेरै खनिइन् । आफूमाथि आपेक्ष लगाएपछि तनुश्रीले राखीमाथि १० रुपैयाँको मानहानिको मुद्दा दायर गरेकी थिइन् । त्यसको जवाफमा राखीले पनि तनुश्रीमाथि ५० करोडको मुद्दा हाल्ने धम्की दिएकी छन् । इन्टरनेटमा प्राप्त तथ्यांकलाई आधार मान्ने हो भने राखीसँग करिव १५ करोडको सम्पत्ति छ । राखीसँग मुम्बईमा दुईवटा फ्याट र एक बंगला छ, जसको मूल्य करिव ११ करोड रुपैयाँ पर्छ ।

राखीसँग २१.६ लाख रुपैयाँको फोर्ड एंडेभर कार पनि छ । राखीको कमाइ धेरै जसो स्टेज प्रस्तुतीबाट आउँछ । राखीले १९९७ मा रिलीज भएको फिल्म ‘अग्निचक्र’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । राखीले फिल्ममा कयौं आइटम नम्बरर्स गरेकी छन् । राखी बिस बोस बाहेक ‘नच बलिए–३’, ये है जलवा, अरे दिवानों मुझे पहिचानों, राखीका स्वयंवर जस्ता रियालिटी शो मा काम गरिसकेकी छन् । रियालिटी शो ‘राखीका स्वयंवर’ मा राखीले टोरंटो एक प्रतियोगीसँग विवाह गरेकी थिइन् तर केही महिनापछि उनले अलग भएको घोषणा गरेकी थिइन् । राखीले २०१४ मा राष्ट्रिय आम पार्टी बनाएकी थिइन र चुनाव लगेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय