बारा, २७ मंसिर । बाराबाट राष्ट्रिय संचार माध्यम ईमेज च्यानल तथा कारोबार दैनिकका संबाददाता लम्साललाई जनहित उपभोत्ता समितिको १४ औ साधारण सभामा सम्मान गरिएको छ । वन, बन्यजन्तु, बाताबरण तथा पर्या पर्यटनको बारेमा राष्ट्रिय संचार माध्यमबाट योगदान गरे बापत बाराका क्रियाशील पत्रकार प्रकाश लम्साललाई सम्मान गरेको हो ।

पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको जनहित उपभोक्ता समितिले शनिबार सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपाका प्रदेश नम्बर २ का सचेतक सुन्दर बिश्कर्माले लम्साललाई दोसल्ला ओडाई सम्मानपत्र र नगद सहित सम्मान गरेका थिए । सम्मानपछि आफ्नो भनाई राख्दै लम्सालले पर्या पर्यटन देखी बन बन्यजन्तुका सुरक्षा, बासस्थान लगायतका बारेमा समाचार लेख्न सबै पत्रकार क्रियाशील रहेकै कारण पछिल्लो समय प्रगति देखीदै गरेको बताए ।

कार्यक्रमका सभाअध्यक्ष अमृतलाल श्रेष्ठले पत्रकारिताको सशक्त आवाजले वन जंगल जोगाउन र बन्य जन्तुको संरक्षणमा ठूलो सहयोग पुग्ने भएकोले यस क्षेत्रमा कलम चलाउने पत्रकारको सम्मान समितिले गर्ने गरेको बताए । उनले समितिको वर्तमान र भावी योजनाका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । वन जोगाउँदा प्राप्त हुने लाभांशको प्रत्यक्ष सहभागितामा आयआर्जनका लघु उद्यममा सदस्य केन्द्रित गरिने बताए ।

लम्सालले रिपोर्टिङ गरेको पथलैया अमलेखगंज सडक खण्ड यात्रु र बन्यजन्तुको लागी मृत्यु मार्ग भएको समाचार तथ्यगत रुपमा प्रशारण भएपछि बन्यजन्तु र मानब दुबैको ज्यान जाने समाचारकै कारण बन्यजन्तु जोगाउन अन्डरपास पुल बनाउन दबाब बनेको थियो । कार्यक्रममा जनप्रतिनिधि लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय