वीरगंज ३१ , असोज । असोजको अन्तिम दिन आइतबार कोरोना भाइरसका ३९१ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपान्ह जारी गरेको पछिल्लो कोरोना अपडेटअनुसार ८ हजार ७७ जनामा गरिएको परीक्षणमा ३९१ जनमा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टाको बीचमा ६८० जना संक्रमित संक्रमणमुक्त भएका छन् । यसैअवधिमा ६ जनाको मृत्यु भएको छ ।

आज देशभर १२ हजार २९७ जना सक्रिय संक्रमित रहेका छन् । यीमध्ये ११ हजार २७८ होम आइसोलेसनमा रहेका छन् । १ हजार १९ संस्थागत आइसोलेसनमा बसेका छन् । भेन्टिलेटरमा ९८ जनाको उपचार भैरहेको छ भने २९९ जना संक्रमितको आईसीयूमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९७ दशमलव ०७ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय