वीरगन्ज, २० मंसिर । नेपाल मगर संघ बारा जिल्लाको भवन निर्माणको शनिबार शिलान्यास गरिएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयामा नेपालको प्रथम शाहीद लखन थापा मगर संग्रहालय तथा नेपाल मगर संघ जिल्ला कार्यसमिति बाराको जिल्ला कार्यालय भवनको नेपाल मगर संघ केन्द्रिय उपाध्यक्ष कमल पिठाकोटे मगरले शिलान्यास गर्नुभएको हो ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष कमल बहादुर पिठाकोटे मगरले मगर समुदाय संगठित हुन नसक्दा राज्यले पनि विभेद गरेको बताउनुभयो । मगरहरु एकजुट हुन नसक्दा धर्म, संस्कृति र संस्कार समेत हराउने अवस्थामा रहेको भन्दै छरिएका मगरहरुले आफ्नो भाषा, धर्म र संस्कृतिको संरक्षणका लागि एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।

नेपाल मगर संघ बाराका अध्यक्ष यम बहादुर जर्घा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी महासंघ जिल्ला समन्वय समिति बाराका अध्यक्ष रामदास धौंजु, परिवर्तन अभियान नेपालका अध्यक्ष विष्णु ढुंगाना, नेपाल मगर संघ प्रदेश नम्बर २ का सदस्य पूर्ण आले मगर, नेपाल मगर संघ महेन्द्रनगर ईकाई अध्यक्ष हस्ता बहादुर आले, कोल्हवी ईकाई अध्यक्ष मन बहादुर राना मगर, सिमरा ईकाई अध्यक्ष दिल बहादुर क्याप्छाकी, पथलैया अध्यक्ष यज्ञ आले लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय