वीरगंज २७ , असोज । आज बडादशैंको नवरात्रको आठौं दिन हो । आज भगवती नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ ।

               श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः ।
महागौरी शुभं दद्यान्महादेवप्रमोदया ।

महादेवको प्रिय रहेकी महागौरीको स्वरुप अनुपम रहेको छ । महागौरी स्वरुप सेतो साँढेमा सेतै कपडा लगाएर सवारी गर्ने र वर्ण पनि गोरो रहेको छ ।

 महागौरीको पूजाआराधनाले मनुष्यमा रहेको अनेक दोष हट्ने पूर्वजन्ममा गरेका पापसमेत नाश हुने विश्वास रहेको छ । महागौरीको भक्तिले अलौकिक सिद्धि प्राप्त हुने जनविश्वास छ ।

नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ ।

आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । आजको दिनलाई महाअष्टमी पनि भनिन्छ । देशभरका शक्तिपीठहरूमा आज विशेष पूजाआजा हुने गर्छ ।

शक्तिपीठहरूमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । महाअष्टमीका दिन सबैले आ–आफ्नो परम्पराअनुसार पशुबलि दिने प्रचलन रहेको छ । पशु बलि नदिनेले पनि नरिवल, कुभिण्डो, केरा, घिरौँला आदिको बलि दिने गर्छन ।

आजै हनुमानढोकाको दसैंघरमा रहेको मूल चोमा तलेजु भवानीलाई ५४ वटा राँगा र ५४ वटा बोकाको बलि दिइन्छ । आजकै दिन घरमा प्रयोग गरिएका हातहतियार, मेसिनको साथै सवारीसाधनहरूको पशु बलिसहित पूजा गर्ने प्रचलन छ ।

तेस्तै आजै तराई का बिभिन्न देवी मन्दिर हरुमा पशु बलि दिए पुजा आरधना गरिन्छ। वीरगंज को गहावा माई, बिर्ता मन्दिर ,विन्ध्यावासिनी माई ,
जितपुर को गडी माई , पर्सा ,बारा, रौतहट , जनकपुर , सप्तरीको छिन्नमस्ता मन्दिरमा विशेष पूजाआराधना हुने गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय