काठमाडौँ २६, असोज । बाँकेबाट न्याय माग्दै पैदल हिँडेर काठमाडौंको माइतीघर मण्डला आएकी महिला अधिकारकर्मी रुबी खानलाई बिहीबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

माइतीघर मण्डलामा धर्नामा बसेकी खानलाई प्रहरीले गत शुक्रबार पक्राउ गरी नेपालगन्ज लगेको थियो । महानगरीय प्रहरी वृत्त लैनचौरले खानलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई बुझाएको थियो । न्यायका लागि भन्दै काठमाडौंसम्म आएकी खानलाई नेपालगन्ज पुर्याएपछि बाँके प्रहरीले बहुविवाहसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

उनको अवस्था अज्ञात रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य एवं अधिवक्ता मोहना अन्सारीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन । सो निवेदनमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीस आनन्दमोहन भट्राईले बिहीबार रुबी खानलाई अदालतमा उपस्थित गराउन आदेश दिएका हुन् ।

इजलासले मुद्दामाथि सुनुवाइ नभएसम्म खानलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतबाट अन्त नसार्न समेत आदेश दिएको छ । खानले अहिले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमै अनसनमा बसेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय