वीरगंज २६ , असोज । दशैंको सप्तमीको दिनमा नेपालमा ७९२ जना कोरोना संक्रमित थपिएका छन् ।

९ हजार ६१९ जनामा गरिएको परीक्षणमा ७९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९१० जना संक्रमणमुक्त भएका छन् । १४ जनाको यसैअवधिमा मृत्यु भएको छ ।

आज देशभर १४ हजार ५५४ जना सक्रिय संक्रमित रहेका छन् । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । यस्तै मृत्युदर १ दशमलव ४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय