वीरगन्ज, ११ मंसिर । वीरगन्ज र रक्सोलबीचको मितेरी पुलमा आज भारतीयहरुले नेपाली सवारी साधनलाई रक्सोल प्रवेशमा रोक लगाएका छन् । कोरोना भाईरस संक्रमणका कारण नेपाल सरकारले मंसिर मसान्तसम्मका लागि अन्तराष्ट्रिय सीमा नाका बन्द गरेकोले नेपालतर्फ आउन रोक लगाएको भन्दै भारतीयहरुले नेपालीहरुलाई पनि भारतको रक्सोल प्रवेशमा रोक लगाउदै मितेरी पुलमा प्रदर्शन गरेका हुन् । वीरगन्जबाट रक्सोलतर्फ गएका नेपालीहरुलाई भारतीयहरुले मितेरीपुलमा नै रोकिदिएका छन् ।

उनीहरुले नेपाली नम्बरका सवारी साधनहरुलाई रक्सोल प्रवेशमा रोक लगाएका छन् । प्रदर्शनको रिपोर्टिङ गर्न गएका नेपाली पत्रकारलाई समेत दुव्र्यवहार गर्दै मोबाईल खोसिदिएका छन् । पर्सा पोष्ट साप्ताहिकका प्रकाशक अजित कुमार भुजेलले प्रदर्शनको फोटो र भिडियो लिने क्रममा प्रदर्शनकारी भारतीयहरुले उहाँको मोबाईल खोसेका हुन् ।

खोसेको मोबाइल केहीबेर राखेर खिचिएका सबै फोटो र भिडियो डिलिट गर्ने शर्तमा फिर्ता दिएको पत्रकार अजित कुमार भूजेलले जानकारी दिनुभयो । नेपाल प्रवेश गर्ने सीमा नाका बन्द भएकोले नेपालतर्फ केही कडाई भएपछि त्यहि आक्रोशमा उनीहरुले प्रदर्शन गरेको भएपनि अहिले साम्य भएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय