दसैं मिठो खाने, राम्रो लगाउने चाडपर्वका रूपमा परिचित छ । परिवार भेटघाट भएर आनन्दले मनाउने पर्व दसैं मासुसँग जोडिएको चाड पनि हो । अर्थशास्त्रीका अनुसार वर्षभरको खर्चको करिब ४० प्रतिशत हिस्सा दसैं तिहार र छठले ओगट्छ । पाँच वर्ष पहिलेको तथ्यांकमा जीडीपीको ४० प्रतिशत भन्नाले १२ खर्ब रूपैयाँ जसमा नगदविहीन २५ प्रतिशत अर्थात् ३ खर्ब हाराहारी यही २ महिनामा खर्च हुन्छ । असोजकात्तिक महिना वातावरणीय हिसाबले जति रमणीय हुन्छ, धार्मिक तथा सांस्कृतिक हिसाबले झनै स्वास्थ्यको दृष्टिले त्यति नै महŒवपूर्ण मानिन्छ । नेपालीहरूको सबैभन्दा ठूलो चाड बडादसैंको आफ्नो सांस्कृतिक महŒव भए पनि सबै घरपरिवार, सदस्य भेट हुने, फुर्सदका साथै रमाइलो गर्ने, नयाँ लुगा लगाउने तथा मासु खाने, पर्वका रूपमा स्थापित भएकाले सबैलाई एक सूत्रमा बाँध्छ ।

चाडपर्व भन्नेबित्तिकै पहिलो ध्यान खानेकुरामा पुग्ने गर्छ । त्यसमा दसैं र मासुको सम्बन्ध नङ र मासुको जस्तो छ । बलि दिन, मजाले खान वा केटाकेटीको रमाइलो जेका लागि भए पनि प्रायः नेपालीको घरव्यवहारमा दसैंअघि नै जोहो गरिन्छ र मूल्य नभई पाउनु नै ठूलो मानिन्छ । दसैं मासुका विभिन्न परिकार चाख्ने अवसर पनि हो । त्यसैले के बुढा, के बालक, के महिला, के राजा, के रंक, के गरिब, के बिरामी सबै आआफ्नै किसिमले रमाउँछन् र भन्छन् दसंै आयो ढोल बजाई र हरेकको भान्साबाट मासुको बासना आउँछ ।

चाडबाडमा ‘होली डे हार्ट सिन्ड्रोम’ अर्थात् मुटुको धड्कन बेताल हुने, छिटोछिटो चल्ने र हर्टफेल भई अस्पताल पुग्ने अत्यधिक हुन्छ

मासुमा सचेतना

एकातिर प्रोटिनको मात्रा ज्यादै कम भएको र संक्रमित बुढा, थारा, रोगी चौपायाको मासु बनाइन्छ भने अर्कोतिर रोग नलागेका र मासु उपभोगका लागि योग्य चौपाया पनि परम्परागत रूपमा बध गर्ने, सडक—पेटी, नालीमा मासु खुला राखिँदा अस्वस्थकर भई जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ । त्यसैमा झन् मासु विक्रेताले बिक्री नभएका मासु लामो समयसम्म फ्रिजमा राख्नाले र खुला रूपमा एक ठाउँबाट अर्को ठाउँमा पु¥याउनाले झन् संक्रमित हुने गरेको देखिन्छ । त्यसै त नियमित मासु सेवन गर्नेमा मोटोपना, उच्च रक्तचाप, मिर्गौला, मुटुका रोग, आन्द्रा र कलेजोको खराबी हुन्छ भने बढी मासु र बोसो होस् भनेर पशुहरूलाई संगिनी सुई, गर्भवतीलाई खुवाइने आइरन चक्की कुखुरालाई खुवाइँदा, पशुहरूमा जथाभावी जबर्जस्ती औषधि प्रयोगले मानिसमा सुपरबग उत्पन्न हुन सक्छ । मासुमा एउटा ब्याक्टेरिया भए ७ घण्टामा २० लाख बढी पुग्छ तथा मासुलाई ५ देखि ६३ डिग्री सेल्सियसमा राख्नुहँुदैन । खाद्यपदार्थलाई भरिसक्य तातोपानी नभए सफा पानीले पर्याप्त पखाल्ने, माछामासु तथा सागसब्जीलाई भिन्दाभिन्दै भाँडाकुँडा, प्रेसर कुकरमा नभए अन्य भाडामा भए पनि राम्ररी पकाउने र पकाउनुअघि र पकाएपछि बढीमा २ घण्टासम्म मात्र भण्डारण गर्ने तथा सफा गर्ने, पकाउने सबैले साबुनपानीले हात धुनुपर्छ । मासुसँगै सागपात, फलपूmल, फाइबर, दही, सलाद र प्रशस्त पानी खाँदा त्यसमा हुने रेसा वा फाइब्ररले कोलेस्टेरोल घटाउँछ, पाचन प्रणाली राम्रो बनाउँछ ।

बढी चिल्लो, मसालेदार र सही ढंगले नपकाइएका खानाले कोलेस्टेरोल, ब्लड प्रेसर, युरिक एसिड र सुगर लाग्ने सम्भावना बढाउँछ भने लागिसकेकालाई त झनै खतरा हुन्छ । मासुसँगै बोसो र छालासहित भए ट्राइग्लेसेराइड, खराब कोलेस्टेरोल बढ्नेलगायतका विभिन्न आपतकालीन तथा दीर्घकालीन समस्या ल्याउँछ । सेकुवा र पोलिएको मासुले श्वासप्रश्वास र फोक्सोमा एलर्जी, पाचन प्रणालीमा क्यान्सर निम्त्याउँछ । चिल्लो बढी र पानी कम हँुदा माइग्रेन बल्झन सक्छ । नपाकेको मासु खाँदा नाम्ले जुका वा कीरा, फित्ते जुका, ब्रुसेलोसिस, टीबीजस्ता रोग लाग्न सक्छ । फ्रिजले साल्मोनेलालगायतका जीवाणुलाई कल्चर गर्ने माध्यम बनी फ्रिजका खाद्यपदार्थ नतताई त्यतिकै खाँदा टाइफाइडलगायतका रोग, रुघाखोकी, ब्रोन्काइटिस हुन सक्छ । बोसोयुक्त मासु यसै हानिकारक हुन्छ, त्यसमा हालिने प्राणी तथा सूर्यमुखी तेलले मुटु, मसलाले कलेजो र नुनले मिर्गौलालाई प्रत्यक असर गर्छ ।

कलेजो, मस्तिष्क, फोक्सो, मिर्गौला आदिमा रातोमासुको तुलनामा पाँच गुणा बढी कोलेस्टेरोल हुन्छ

रातोभन्दा सेतो मासु

स्वास्थ्यका दृष्टिले हेर्ने हो भने राँगा, खसी, बंगुर आदिको रातो मासुभन्दा कुखुरा, माछा आदिको सेतो मासु राम्रो हुन्छ किनभने कोलेस्ट्रोलको मात्रा सेतो मासुमा कम हुन्छ । माछाका परिकार खानाले शरीरको तौल घट्नुको साथै कोलेस्ट्रोलको मात्रा घटाउन सहयोग मिल्छ । कुखुराको मासुमा क्याल्सियम तथा पोटासियम बढी पाइने भएकाले यो अन्य मासुभन्दा राम्रो मानिन्छ । त्यस्तै, रातो मासु रेड मिट खाने महिलालाई मुटुरोग हुने जोखिम ३० प्रतिशत बढी हुने हावर्ड स्कुल अफ हेल्थको अध्ययनले प्रस्ट्याएको छ । खोजले रेडमिटको सट्टा माछा खाँदा मुटुरोगको खतरा २४ प्रतिशत तथा चिकेन कुखुराको मासु खाँदा १९ प्रतिशत कम खतरा हुने उजागर गरेको छ । त्यस्तै, ५ लाख अमेरिकी वयस्कमा १० वर्ष लगाई गरिएको अध्ययनमा रातो मासु खानेमा नखानेको तुलनामा घाँटी र पेटका अनेकांै किसिमका क्यान्सरले च्याप्ने गरेको पाइएको छ । रातोमासुले युरिक एसिड, ट्राइग्लेसिराइड, कोलेस्टेरोल, मुटुरोग निम्त्याउँछ ।

कलेजो, मस्तिष्क, फोक्सो, मिर्गौला आदिमा रातोमासुको तुलनामा ५ गुणा बढी कोलेस्टेरोल हुन्छ । रगत जमाएर भुटेर खाँदा नुनको मात्रा बढी हुन्छ र रक्तचाप बढाउँछ । काचो वा उचित तापक्रममा नपकाएर खाँदा विभिन्न रोगजस्तै सुगुर, बुगुरबाट फित्ते किरा तथा अन्यबाट आधा जनसंख्यामा मौका छोपी आक्रमण गर्ने टोक्सोप्लाज्मा गोन्डिलले आक्रमण गर्न सक्छ । काँचो मासुले विभिन्न किसिमका जुका, नाम्ले कीरा तथा रोगका जीवाणुहरू सार्ने सम्भावना हुन्छ । बंगुरको मासु खाँदा नाम्ले कीरा र मस्तिष्कमा पुगे छारे रोग हुन्छ । भुटुवा, पकुवा, कबाब र झोल हालेको मासु पकाइखाने गर्नुका साथै भुँडी, कलेजो, बोसेआन्द्रा, रक्तीकान, हेकुलाको भरुवा पनि खाइन्छ । हिजोआज समय तथा झन्झट बेहोर्न नचाहनेले ससेज, सलामी, मिन्स, विगस, वेकोन आदिलाई स्न्याक्सको विकल्पका रूपमा प्रयोग गर्छन् ।

रोगी नबनाैं : खानपानको असंयम, अनिद्रा आदिले नियमित गर्ने गरेको शारीरिक श्रम, व्यायाम पनि कम हुन्छ जसले गर्दा अपच, अमिलो, झुसिलो डकार, वायुले पेट ढुस्स आउने, फुल्ने, आऊ, पखाला, रिगंटा लाग्ने, आँखा पोल्ने बिझाउने, रातो हुने, बान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट, ज्वरो, हैजा, कमलपित्त, ग्यास्ट्रिक, आमाशय र आन्द्राको घाउ अल्सर, उच्च रक्तचाप, मुटुसम्बन्धी, मृर्गौलासम्बन्धी, कलेजोसम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्ने हुन्छ । मासु अस्वस्थ भइदिनाले १ सय ६० प्रकारका रोगहरूले आक्रमण गर्न सक्छन् ।

स्वास्थ्य समस्या नभएकामा ४५ प्रतिशत अल्कोहल हुने २ पेग वा ६० एमएल हाडड्रिड, २२ प्रतिशत अल्कोहल हुने १ ग्लास वा २ सय एमएल वाइन र ४ प्रतिशत अल्कोहल हुने एक बोतल वा ७ सय ५० एमएल बियर मुटु र रक्तनलीलाई फाइदाजनक हुने खोजले बताउँछन् । ३० ग्राम इथानोल वा ७ सय मिलिलिटर बियर वा ३ सय मिलिलिटर वाइन वा ६० मिलिलिटर ह्विस्कीले पूरा तथा आधा मात्राले महिलाको मुटुमा असर नगरे पनि पेटमा खराबी, दिमागमा असर, ग्रन्थीमा असर, रोगविरुद्ध लड्ने क्षमतामा कमी ल्याउँछ । अझै मसलेदार, चिल्लो, पिरो मासुका साथ रक्सी सेवनले पेट, कलेजोमा असर, पेटको अल्सर र क्यान्सर, रक्तअल्पता, दुर्बलता, प्यान्क्रियाज ग्रन्थीमा नकारात्मक असर पर्छ । चाडबाडमा होली डे हार्ट सिन्ड्रोम अर्थात् मुटुको धडकन बेताल हुने, छिटोछिटो चल्ने र हटफेल भई अस्पताल पुग्ने अत्यधिक हुन्छन् ।

अन्तमा, कोभिडको महामारीबीच दसैं मनाउँदै छांै । खोप लगाइसकेका भए पनि जनस्वास्थ्यका मापदण्डमा एकछिन पनि लापर्बाह नगरौं । साथै नियमित खाइरहेका औषधि खान बिगँ्रदा हृयाघात, पक्षघातलगायतका जटिलता आउन सक्छन् । दिनहँु १ घण्टा परिश्रम पर्नेगरी हिँड्न, व्यायाम वा योग गर्न तथा सक्रिय क्रियाकलाप गर्न भुल्नहँुदैन । किनभने भर्खर समस्या सुरु भएका, उमेर पुगेका र वंशाणुगत दृष्टिले खतरा भएकालाई रोगले च्याप्ने बेला चाडबाड हो । जनस्वास्थ्य पालनाका साथै खानपान र जीवनशैलीमा सचेतना दिन सकोस् ।
साभार राजधानी दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय