नेपाली उद्योगी–व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा आगामी मंसिर महिनाको ११, १२ र १३ गते काठमाडौँमा हुँदैछ । सो साधारणसभाबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्वसमेत चयन हुँदैछ । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । सोहीअनुरूप वर्तमान कार्य समितिका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुनेछन् । अहिले साधारणसभाले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ३ (जिल्ला नगर, वस्तुगत र एसोसिएट), तथा जिल्ला नगर, वस्तुगत र एसोसिएटतर्फ केन्द्रीय सदस्यको निर्वाचन हुँदैछ । महासंघको केन्द्रीय तहमा पुग्न धेरैको चाहना र आकांक्षा रहेको पाइन्छ । मोफसलबाट पनि धेरैको चाहना केन्द्रीय समितिमा पुगेर काम गर्ने हुन्छ । तर, थोरैले मात्र केन्द्रमा अवसर पाउने गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघमा महत्वपूर्ण भूमिका खेल्ने वीरगन्ज उद्योग वाणिज्य संघका दुईजना वर्तमान पदाधिकारीहरु महासंघको केन्द्रमा उम्मेदवारी दिएका छन् । संघका वर्तमान अध्यक्ष गोपाल केडिया (जिल्ला, नगर संघ) को नेतृत्व गर्दै उम्मेदवारी दिएका छन् । भने, वर्तमान बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ताले (वस्तुगत) तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । केडिया बरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर कुमार प्रधानको प्यानलबाट छन् । गुप्ता अर्का बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल पक्षबाट उम्मेदवार बनेका छन् । निजीक्षेत्रको सांगठनिक इतिहासमा वीरगन्जबाट बहालवाला पदाधिकारी नै नेतृत्वमा जाने अवसर सम्भवतः पहिलो पटक पाएको छ । यसले वीरगन्जको विकासमा अझ बढी अवसर प्राप्त गर्ने  अपेक्षा  गर्न सकिन्छ । दुवैजना उम्मेदवारले जनाएको प्रतिवद्धता प्रस्तुत छ :

वीरगन्जको समस्या सामाधानको लागि मेरो प्रतिनिधित्व

गोपाल केडिया
केन्द्रीय सदस्य उम्मेदवार
(जिल्ला नगर उद्योग वाणिज्य संघ)

वीरगन्ज नेपालकै प्रमुख आर्थिक नाका हो । वीरगन्ज उद्योग वाणिज्य संघ उद्योग वाणिज्य महासंघको स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिकामा रहेको संस्थाहो । तर, पनि वीरगन्ज क्षेत्रमा रहेका उद्योगी व्यवसायीहरुको समस्या अझै पनि उस्तै छन् । राज्यले वीरगन्जबाट अहिलेसम्म लिने मात्रै काम ग¥यो दिने काम गरेन भनेर भन्दै आएका छौं । हाम्रो निजीक्षेत्रको छाता संगठनमा पनित्यसको केहीअंशहरु कहीकतै प्रभावित भयो किभन्ने महशुस हामीलाई भएको छ । त्यसैले पनि मैले जिल्ला नगर उद्योग वाणिज्य संघको तर्फबाट नेतृत्वमा जाने तयारी गरेको हुँ । वीरगन्जलाई मौखिक रुपमा आर्थिक तथा औद्योगिक राजधानीमात्रै भन्ने गरिएको छ । आर्थिक गतिविधिहरु स्वभाविक रुपमा यहाँ धेरै हुने गरेकोले पनि यसलाई उपमा दिन बाध्य छन् । तर, त्यसलाई संस्थागत गर्नका लागि अहिलेसम्म न त निजीक्षेत्रको नेतृत्वमा दबाव र पहुँच पुग्यो,ण् न त राज्यले नै यसलाई मान्यता दिएको छ । वीरगन्ज उद्योग वाणिज्य संघको ७५ बर्षको इतिहासमा वीरगन्जलाई हामीले आर्थिक राजधानी । नेपालको प्रमुख प्रवेशद्वार मात्रै भनि रह्यौं । तर, यसको पहिचानलाई स्थापित गर्ने काम अहिलेसम्महुन सकेन । करिब १०÷११ बर्ष अघि विजयकुमार सरावगी बाहेक त्यसपछि जिल्लानगर उद्योग वाणिज्य संघबाट कसैले पनि प्रतिनिधित्व गर्न पाएका थिएनन् । त्यसैले यो एउटा मेरो लागि अवसर मात्रै नभएर मैले दिनुपर्छ भन्ने यहाँका निजीक्षेत्रको माग पनि हो । महासंघमा विभिन्न क्षेत्रबाट संस्थागत प्रतिनिधित्व त भएको हो । तर, विशेषतःजिल्लाको संस्थागत प्रतिनिधित्व सरावगी पछि मै हुँ । त्यसैले मेरो उम्मेदवारी वीरगन्जको पहिचान स्थापित गर्ने । यहाँको करिडोरको समस्यालाई केन्द्रमा पु¥याउने र सामाधानका लागि झकझक्याउनकै लागि हो । महासंघको नेतृत्वमा अधिकांश केन्द्रमै रहेर व्यवसाय गर्नेहरुको मात्रै उपस्थिति बढी हुन्छ । जिल्लानगरहरुबाट कम उपस्थिति हुँदा पनि मोफसलकाउ द्योग व्यवसायमा पर्ने समस्याहरु त्यति छिटै बुझ्दैनन् त्यसैले समाधानमा पनि त्यति चासो नभएको हो किभन्ने महशुस भएर पनि मैले उम्मेदवार दिने निर्णय गरेको हो । भारत तथा तेश्रो मुलुकबाट आयात निर्यात हुने मुख्य नाका वीरगन्जहो । तर, यही वीरगन्जलाई न त राज्यले नै राम्रोसँग सम्बोधन गर्न सकेको छ । न त महासंघको नेतृत्वले नै यहाँ समस्या समाधानका लागि राज्यलाई दबाव दिन सकेको छ । यो नहुनुको कारण नै यहाँको स्थानीय निजीक्षेत्रको संस्थागत प्रतिनिधित्व नहुनु हो भन्ने मैले बुझेको छु । यसको लागि मलाई देशभरका व्यवसायीहरुले साथ पनि दिनुहुनेछ । जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको पीरमर्का केन्द्रले कमै बुझ्दछन् । हामी मोफसलका व्यवसायी साथीहरुले एक अर्काको समस्यासँग नजिकबाट हेर्ने गरेका छौं । त्यसबाट अनुभव र पाठहरु पनिसिकेका छौं । त्यसैले बरिष्ठ उपाध्यक्षकिशोर प्रधानज्यूको प्यानलबाट मेरो उम्मेदवारी दिएको छु ।

कृषि क्रान्ति विना औद्योगिक क्रान्ति असम्भव

सुवोध गुप्ता
केन्द्रीय सदस्यको उम्मेदवार (वस्तुगततर्फ)
विगत १६ बर्षदेखि नगर जिल्लाको निजीक्षेत्रको संस्थामा क्रियाशील छु । त्यो क्रममा मैले धेरै काम गर्ने अनुभवहरु बटुलेको छु । निरन्तरको निजीक्षेत्रमो संगठनमा काम गर्दा वीरगन्जको विकास कसरी हुनुपर्छ भन्ने चिन्ता नै थियो । वीरगन्ज एउटा हब हो । आयात निर्यातको मुख्य नाका ७० प्रतिशत आपूर्ति गर्ने नाका हो । तर, वीरगन्जको विकास त्यो गतिमा भएन । अझैपनि यो क्षेत्रमा द्रुत मार्ग, अन्तराष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग बन्ने क्रममा नै छ । यान की कुनैपनि ठूला आयोजनाहरु निर्माण सम्पन्न हुन सकेको छैन । यो क्षेत्रको विकासको लागि अहिलेसम्म पनि सम्बन्धित निकायले सम्बोधन गर्ने अवस्था छैन । हामीले यो क्षेत्रलाई औद्योगिक करिडोर घोषणा गर्न माग गरिरहेका छौं । अर्को एउटा छुट्टै औद्योगिक क्षेत्रको पनि आवश्यकता छ । २० बर्षमा डाईपोर्ट र आईसीपी बाहेक अरु के पाएका छौं ? अब अर्को आईसीपी, र भएको आईसीपीको क्षमता विस्तार लगायतका कामहरु छन् । हामीले वीरगन्ज जुन भौगोलिक सुगमताको अवसर पाएका छौं, त्यसको भरपुर सदुपयोग गर्न सकिरहेका छैनौ । मैले १६ बर्षसम्म वीरगन्ज उद्योग र वाणिज्य क्षेत्रको मात्रै राजनीति गरेँ त्यसपछि विगत २ बर्षदेखि मैले चामल, दाल, तेल उद्योग संघको केन्द्रीय नेतृत्व गरिरहेको छु । चामल दाल, तेल भनेको एउटा मान्छेको भान्सामा नभई नहुने उपभोग्य वस्तुहरुमा कमसेकम आत्म निर्भर हुनुपर्छ र यस्ता वस्तुको आयातलाई प्रतिस्थापन गरेर शुन्यमा झार्र्नुपर्छ भन्ने मान्यता बोकेको व्यक्ति हुँ । त्यस्तै यहिको कच्चा पदार्थले नेपाली उद्योगहरु संचालन हुनुपर्छ भन्नुको अर्थ यहिको किसानले उत्पादन गरेको धान, गहुँ, मकै, उखुले नै यहाँका उद्योगहरु पूर्ण क्षमतामा चल्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यसको लागि यहाँ कच्चा पदार्थ कसरी उत्पादन गर्ने भन्नेमा पनि मेरो स्पष्ट धारणा छ । देशमा आर्थिक क्रान्ति ल्याउनका लागि औद्योगिक क्रान्ति र त्यसको लागि कृषि क्रान्ति अपरिहार्य छ । औद्योगिक क्रान्तिको लागि कृषि क्रान्ति आवश्यक छ । त्यसको लागि कृषिमा आधुनिकीकरण र आधुनिक प्रविधिको कृषि आवश्यक छ । कन्टयाक्ट फार्मिङका कुरा, सिँचाई, मल बिऊ लगायतका वस्तुहरुमा सहज उपलब्धता आवयश्क छ । जुन क्षेत्रमा मैले नेतृत्व लिईरहेको छ । त्यसमा सरकारसँगको सहकार्यमा केही सहजता र सफलता प्राप्त गरेका छौं । अब मेरो सोच के छ कि मैले के सोचे भने यो दाल, चामल, तेल उद्योगहरुको मात्रै नेतृत्व गर्ने त ? वीरगन्जको विकासले मात्रै देशको विकास हुन्छ त ? हामी नेपालको विकास गर्नको लागि पूरा देशभरको समस्या र मुद्दा उठाउन आवश्यक छ । त्यसैले अब केन्द्रमा पनि प्रतिनिधित्व हुनुपर्छ । अब देश संघीयतामा गईसकेको छ । संघीयता स्थापित गर्नका लागि त्यस क्षेत्रको निजीक्षेत्रलाई पनि उक्तिकै मजबुद बनाउन आवश्यक छ । त्यसको लागि प्रदेशहरुमा रहेका मुख्य सहरहरु विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, बुटवल क्षेत्रको औद्योगिक क्षेत्रहरुको विकास पनि उक्तिकै आवश्यक छ । नेपालको समग्र विकासको लागि पहिलो नम्बरमा औद्योगिक विकास, दोश्रोमा पर्यटन विकास, तेश्रो नम्बरमा हाइड्रो पावरको विकास, चौथोमा नेपालमा अद्वितीय जडिबुटीहरुको पाईन्छ । पाँचौमा नेपाललाई प्रकृतिले यस्तो उपहार दिएको छ, हामीले त्यसलाई उपोगमा ल्याउन सकिरहेका छैनौं । विभिन्न शैक्षिक हबहरु बनाउने विदेशी विद्यार्थीहरुलाई यहाँ ल्याएर रिसर्च गर्न लगाउने, अध्ययन गर्ने वातावरण बनाउन सकिरहेको छैन । त्यसैले धेरै कुरा गर्नुभन्दा पनि हाम्रो देशका प्राविधिक जनशक्तिहरु सहकेन्द्रीत मात्रै छन् । ती जनशक्तिहरुलाई कसरी गाउँ गाउँमा लान सकिन्छ ? हामीलाई आवश्यक जनशक्तिहरु आफ्नै नागरिकलाई उत्पादन गर्नका लागि पोलिटेक्निक इन्स्टिच्युट, प्राविधिक शिक्षालयहरु स्थापना गरेर जनशक्ति उत्पादन गर्न सकिन्छ । यी यावत कुराहरु राज्यसम्म पु¥याउने काममा मेरो सहभागिताका लागि नै मैले उम्मेदवारी दिएको छु । मेरा प्राथामिकताका क्षेत्रहरु पनि यी नै हुन् । समग्र निजीक्षेत्रको विकास र उत्थानका लागि नै मैले प्रतिनिधित्व गर्ने भएकोले यसमा मलाई सबै निजीक्षेत्रका साथीहरुको पनि साथ र सहयोग पाईरहेको छु । अब आउने निर्वाचनमा पनि मैले अझ बढी साथ र सहयोग पाउनेमा निश्चिन्त छु । जसले गर्दा मैले निजीक्षेत्रमा अहिलेसम्म गरेका कामको मूल्यांकन र आगामी दिनमा निजीक्षेलाई अझ उचाईमा पु¥याउने अवसर पनि दिनुहुनेछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय