वीरगन्ज, २३ कार्तिक । चुरेक्षेत्रको संरक्षण गरी पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले चुरे संरक्षण तथा पर्यटन प्रबर्द्धन फाउन्डेसन नेपाल, पर्सा गठन गरिएको छ । राष्ट्रिय खेलकुद परिषद को पूर्व सदस्य सचिव तथा बरिष्ठ चलचित्रकर्मी एवं पर्यटन व्यवसायी तथा संस्थाका अभियान्ता युवराज लामाको प्रमुख आतिथ्यता आयोजित भेलाले समिति गठन गरेको हो ।

अभिताभबच्चन दासको अध्यक्षतामा गठन गरिएको समितिको उपभाध्यक्षमा दिनेश यादव, सदस्य सचिव सुनिल रौनियार, कोषाध्यक्ष जुनु तामाङ, सदस्यहरुमा तबरेज आलम, बिनोद चौधरी, सन्ध्या पटेल, अष्ट लोपचन, बालकुमार बस्नेत, मान बहादुर क्ष्रेष्ठ, अनुखा सुनुवार रहेका छन् ।

भेलामा होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २ का महासचिव मोहन शर्मा लामिछाने, नेकपाका युवा नेता बालकृष्ण श्रेष्ठ लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय