वीरगन्ज, २३ कार्तिक । थारु पत्रकार संघ पर्साले शनिबार शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । पर्साको जीराभवानी गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा वक्ताहरुले नेपालमा वसोवास गर्ने समुदायको धार्मिक र सांस्कृतिक सदभावले नै राष्ट्रिय एकता कायम हुने बताएका थिए ।

थारु पत्रकार संघ पर्साका अध्यक्ष ओमप्रकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि थारु कल्याणकारिणी सभा पर्साका कार्यवाहक अध्यक्ष ठाकुर महतो थारुले थारु समुदाय छुट्टै भाषा, संस्कृति र पहिचान रहेकोले यसको संरक्षण र सम्वद्र्धनमा पनि थारु पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने बताए । कार्यक्रममा विशिष्ट अतिथि जीराभवानी गाउँपालिकाका अध्यक्ष रामप्रित महतो थारुले पर्सामा थारु समुदाय हरेकक्षेत्रमा अगाडि रहेपनि केही गलत प्रवृक्तिका कारण सामाजमा विकृति बढ्न थालेकोमा चिन्ता व्यक्त गरे । उनले थारु पत्रकार संघलाई समुदायले नै सहयोग गरेर अझ सुदृढ र सक्षम पत्रकारहरुको उत्पादनका लागि सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछाने, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश नम्बर २ का इन्चार्ज निरज पिठाकोटे मगर, ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठ, जीराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषादेवी थरुनी, पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो थारु, शिक्षक महासंघ जीराभवानी गाउँपालिका अध्यक्ष कृपासिन्धु चौधरी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए । थारु पत्रकार संघ पर्साका सचिव दिपेन्द्र चौधरीले संचालन गरेको कार्यक्रमको थारु मेलमिलाप परिवारका अध्यक्ष मनोज चौधरीले स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय