वीरगन्ज १८ कार्तिक । वीरगन्ज महानगरपालिकाले नगरपालिकाको सडकमा फोहोर फाल्नेलाई दण्ड जरिवाना गर्न थालेको छ । महानगरपालिकालाई स्वच्छ सफा राख्न थालिएको अभियानालाई मूर्त रुप दिन यसअघिदेखि नै जनचेतना र सतर्क गराउदै आएपनि महानगरवासीले महानगरपालिकाको अनुरोध र आग्रहलाई वेवास्ता गर्दै जथाभावी फोहोर फाल्ने काम गर्दै आएका छन् ।

यसरी शौचालयको फोहोर लगायत अन्य फोहोरहरु सडकमा फाल्नेलाई दण्डजरिवाना गर्न थालेको हो । शौचालयको फोहोर सडकमा फाल्नेलाई वीरगन्ज महानगरपालिकाले जरिवाना असुल गरेको छ । मंगलबार मात्रै वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का भरत साह केशरीले शौचालयको फोहोर नालामा फालेको महानगरपालिकाको कर्मचारीले फेला पारेपछि १५ हजार रुपैंया जरिवाना असुल गरेको छ ।

नगरक्षेत्रको पूmटपाथ, नाला तथा सडकमा जथाभावी निर्माण सामग्री राख्ने, ठेला पसल राख्ने, नालाामा फोहोर फाल्नेलाई जरिवाना लिन सुरु गरिएको सरसफाई उपप्रमुख सर्फुदिन मियाँले बताए । वीरगन्ज महानगरपालिकाको बोर्ड बैठकले जरिवाना लिने अधिकार सरसफाई शाखालाई दिएपछि मंगलबारदेखि सरसफाई शाखाले कडाई गर्न थालेको उनले बताए ।

नाला र सडकमा शौचालयको फोहोर फाल्ने साहले सफा गर्ने कागज गरेपनि नउठाएकोले पहिलो पटकलाई १५ हजार मात्रै जरिवाना गरिएको उनले बताए । संघीय सरकारको सरसफाई ऐन २०६८ र वीरगन्ज महानगरपालिकाको सरसफाई ऐन २०७५ अनुसार वीरगन्ज महानगरपालिका भित्र जथाभावी फोहोर फ्याँक्ने र नाला तथा सडकमा फोहोर फाल्नेलाई कडा कारवाही र जरिवाना गर्दै जाने महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले बताउ ।

महानगरलाई सफा राख्न नागरिकको पनि उत्तिकै दायित्व रहेकोले अहिले महानगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई अलग अलग छुट्याएर व्यावस्थापन गर्न थालेकोले नगरवासीहरुले सोही अनुसार सहयोग गर्न पनि उनले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय