वीरगन्ज, १६ कार्तिक । पर्साको विन्दवासिनीमा भएको घटनामा मृत्यु भएका नेकपा गाउँपालिका सचिव मूकेश चौरसियाको परिवारलाई नेकपा पर्साले आर्थिक सहयोग गरेको छ ।

पार्टीको गाउँपालिका कमिटिको सपथ ग्रहण कार्यक्रममा भएको विवादमा घाईते भई उपचारका क्रममा मृत्यु भएका चौरसियाको परिवारलाई आईतबार नेकपाका केन्द्र, प्रदेश र जिल्ला स्तरका नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरुको उपस्थितिमा आर्थिक सहयोग गरेको हो । नेकपा पर्साको तर्फबाट सचिव विजय महतोले मृतक चौरसियाको परिवारलाई ५० हजार नगद सहयोग प्रदान गर्नुभयो ।

आर्थिक सहयोग हस्तान्तरणका क्रममा नेकपा पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश २ सहइन्चार्ज नागेन्द्र चौधरीले चौरसियाको मृत्युकोक घटना अत्यन्त दुखद भएको र यसमा दोषीलाई कुनैपनि हालतमा कारवाही हुनुपर्ने बताउनुभयो । पर्सा इन्चार्ज रामचन्द्र साहले चौरसियाको मृत्युको घटनाले सिंगो पार्टीलाई क्षति पुगेको र पीडित परिवारले उचित क्षतिपूर्ति र न्याय पाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य उर्मिला अर्याल, केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज नागेन्द्र चौधरी, केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज रामचन्द्र साह, केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज दिनेश राई, प्रदेश कमिटि सदस्य बालगोपाल थापा, छोटेलाल यादव, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य अरुण यादव, अनेरास्ववियुका केन्द्रीय सदस्य शिवम साह, प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे मगर, नेकपा पर्साका कार्यालय सचिव गंगा खड्का लगायतको उपस्थिति रहेको नेकपा गाउँपालिका अध्यक्ष विक्रम चौरसियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय