प्रदेश नं २ सरकार को भौतिक पुर्वधार बिकास मन्त्री जितेन्द्र सोनल ज्यु ले आज एक कार्यक्रम को बिच संसदीय बिकास कोष को रकम बाट ढलान भएको बाराको बिश्रामपुर गाउँपालिका वार्ड नं ५ नकटुवा गाउँ मा सडको उदघाटन गर्नु भएको छ । उदघाटन कार्यक्रम मा एक जना बृद्ध बद्री शर्मा ले सो ठाउँ मा पुगी मन्त्री सोनल लाई टिकालगाई गमछा अोढाएर सम्मानित गरेका छन। मन्त्री सोनल लाई सम्मानित गर्दै ८१ वर्षिय बृद्ध ले भने मैले अाफ्नो गाउँ नकटुवा मा मेरो जिन्दगी मा बाटो सुधार हुदैन । मईले ढलान कालोपत्र कहिले हुन्छ भने सपना अास छोडेर बसेको थिए । यो गाउँ मा धुलो र हिलो कचि बाटो हेर्दा हेर्दा अाँखा फुटेको थियोे मेरो गाउँ खडण्जा पनी थिएन ।राज्यतंत्र , नेपाली कांग्रेस ,माअोबादी र नेकपा को सरकार अायो तर यो सबै सरकार लाई हेर्दा हेर्दै बच्पन देखि बुढेस काल लागेको र अन्तिम दिन मा पनी नकटुवा गाउँ मा सढक ढलान र कालोपत्र हुन्छ भनेर अास र सपना छोडेको थिए अब मेरो नाती पोता को कार्य काल मा मेरो गाउँ ढलान हुन्छ भनेर सोचेको थिए।तर मेरो गाउँ नकटुवा मा मन्त्री जितेन्द्र सोनल ले सढक ढलान गराई मेरो अास सपना सकार गराई दिनु भएको मा खुशि ले टिका र गमछा अोढाई अाशिर्बाद दिदै बधाई समेत दिएका छन। मन्त्री जितेन्द्र सोनल के भोट देहल फाईदा भईल कि हमनी के अब बुढेस काल मे मरे के दिन अाईल कमसे कम नकटुवा गाउँ के सडक ढलान कराके सपना सकार करा देलन अब हमनी के गाउँ मे सडक ढलान पर हि चलेम सन गोड मे पाक ना लागी बबुवा जितेन्द्र सोनल के भोट देहल सार्थक भईल भन्दै अाज खुशी को अाशु समेत अाँखा मा झार्दै बृद्ध बद्री शर्मा बताउदै खुशी भएका थिए। मन्त्री सोनल को सांसदियकोष ५० लाख को लागत मा निर्माण भएको नकटुवा गाउँ सडक ढलान को उदघाटन कार्यक्रम मा सांसद एकबाल मियाँ , नकटुवा गाउँ का बृद्ध बद्री शर्मा, नेपाल बार एसोसिएसन को उपाध्यक्ष रामचन्द्र सिंह ,जसपा क्षेत्र नं. ४ अध्यक्ष सिताराम गुप्ता, क्षेत्र नं. ४(ख) अध्यक्ष मदन गुप्ता , प्रसौनी गाउँपालिका अध्यक्ष भोला गुप्ता, परवानीपुर गाउँपालिका अध्यक्ष हरिनरायण साह , विश्रामपुर गाउँपालिका ५ वडा अध्यक्ष भोला साह सोनार ,पुर्बाधार कार्यालय पर्सा प्रमुख संजय साह , इन्जिनियर लालबाबु राय , जसपा नेता जुबेर मियाँ बिधार्थी नेता संतोष कुमार यादव, रमेश कुमार, लगायत स्थानीय हरु को सहभागीता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय