वीरगंज ११, असोज । सोमबार कोरोना भाइरसका १ हजार २८२ नयाँ संक्रमित थपिएका छन् ।लगातार दुई दिन १ हजार भन्दा कम संक्रमित थपिएपछि आज हजार माथि संक्रमित थपिएका हुन् ।  १५ हजार ४८८ जनामा गरिएको परीक्षणमा १ हजार २८२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणमार्फत ९७५ जना थपिएका छ्न । बाँकी एन्टिजेन विधिबाट गरिएएको परीक्षणबाट थपिएका हुन् ।पछिल्लो २४ घण्टामा १२६२ जना संक्रमणमुक्त भएका छन् । यसैअवधिमा ७ जनाको मृत्यु भएको छ । आज देशभर १८ हजार ८४८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय