आनन्द पटेल
वीरगन्ज, १५ कार्तिक । नेपाली काँग्रेस बाराले परवानीपुर गाउँपालिकामा शुभकामना अदान प्रदान कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । नेपाली काँग्रेस परवानीपुर गाउँपालिकाका सभापती पुनदेव प्रसाद यादव सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुनील कुमार गुप्ताले सवै नेता, कार्यकर्ता, मिलेर पार्टीलाई थप मजबुत बनाउन आग्रह गर्नुभयो । उहाँले विगतमा भएका कमी कमजोरीहरूलाई सच्याउँदै अगाडि बढन सवैलाई अनुरोध समेत गर्नुभयो । वहाले गाउँपालीका अन्तरगतका सबै वडामा यूवा कमिटी गठनगरी यूवाहरुलाई अगाडी बढाउने कुरामा जोड दिनुभयो । यस्का साथै वहाले नियमित रुपमा हरेक वडामा चियापान तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई निरन्तरता दिन नेताहरुलाई निर्देशन समेत दिनुभयो । नेता गुप्ताले काङग्रेस पाटीलाई अब आउने निर्वाचनमा हराउन नसक्ने ठोकुवा समेत गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी परवानीपुर गाउँपालीकाका मेयर पदका उमेदवार लालबाबु यादवले शुभकामना मन्तब्य राख्दै काङग्रेस पाटीका समपुर्ण नेता, कार्यकर्ताहरुलाई एकजुट भएर लाग्न आग्रह गर्नुभयो । साथै वहाले आउने दिनहरुमा काङग्रेस पाटीले राम्रो नतिजा ल्याउने कुरामा विश्वास ब्यतm गर्नुभयो । नेता यादवले दिपावली र छठ एक आपसमा सामाजीक दुरी बनाएर चाडपर्व मनाउन आग्रह गर्नुभयो । कार्यक्रममा नेताहरु जगदिश साह कानु, लोकेश सिंह, विजय गुप्ता, लगायतले शूभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

सो अवसरमा किशोरी पटेल, लोहा सिंह, मन्दिप यादव , सन्नी साह, महिला सदस्य लगायत पाचै वडाका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन धुर्ब रायले गर्नु भएको थियो ।
थबजष्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय