काठमाडौँ ११ , असोज । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बैंग्लोरले मुम्बईलाई फराकिलो अन्तरले हराएको छ । गएराति दुबईमा भएको खेलमा बैंग्लोर ५४ रनले विजयी भएको हो ।

बैंग्लोरले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स १११ रनमा अलआउट भयो । मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४३ र क्विन्टन डि ककले २४ रन बनाएपनि अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन स्कोर गर्न सकेनन् ।

मुम्बईलाई सस्तैमा समेट्न हर्षल पटेलले ४ विकेट लिए भने युजवेन्द्र चाहालले ३, ग्लेन म्याम्सवेलले २ र मोहम्मद सिराजले १ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय