धनगढी: कैलालीमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

धनगढीमा निर्माणाधीन मोहना –अत्तरिया छ लेन सडक अन्र्तगत चटकपुरमा ना. ३ ख ५५८५ नम्बरको ट्रकको ठक्करबाट धनगढी उपमहानगरपालिका– ३ सङ्गम टोलका ६६ वर्षका वीरसिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

बाटो काट्ने क्रममा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका विष्टको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक विष्टले बताउनुभयो । ठक्कर दिने ट्रकका चालक फरार भएकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय