एजेन्सी । अश्लील भिडिओ बनाएको आरोपमा श्रीमान राज कुन्द्रा पक्राउ परेपछि अभिनेत्री शिल्पा सेट्टी  श्रीमानकाे घर छाड्ने तयारीमा छिन् ।

बलिउड हंगामाले शिल्पा आफ्ना व्यवसायी पति राजको घर छोड्ने तयारीमा रहेकाे उल्लेख गरेकाे छ । अभिनेत्री शिल्पाका साथीहरुको कुरालाई आधार मान्दै बलिउड हंगामाले यसबारे खबर छापेको हो। यदि शिल्पाका नजिकका साथीहरुलाई विश्वास गर्ने हो भने उनी पति राजलाई छोड्ने तयारीमा छिन्।

‘अश्लील भिडिओ निर्माणमा राजको संलग्नताले शिल्पा र हामी सबैलाई आघात पारेको छ। घरमा हीरा र डुप्लेक्स गलत स्रोतबाट आउँछ भन्ने उसलाई थाहा थिएन,’ शिल्पाकी साथीले भनेकी छन्

ती साथीका अनुसार शिल्पा आफ्ना सन्तानलाई श्रीमानको अवैध सम्पत्तिबाट टाढा राख्न चाहन्छिन्। शिल्पाले सन् २००९ मा राजसँग विवाह गरेकी थिइन्। शिल्पा र कुन्द्राका एक छोरा र एक छोरी छन्। राज पक्राउ परेपछि शिल्पा एक महिनापछि सोनी च्यानलमा प्रदर्शन हुने ‘सुपर डान्सर’ मा देखिएकी थिइन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय