वीरगंज १४, भदौ ।  श्रीकृष्ण जन्माष्टमी आज मनाइँदै छ । उहाँलाई ज्ञान, कर्म र भक्ति योगको प्रणेता मानिन्छ । द्वापर युगमा भाद्र कृष्ण अष्टमीको रात उहाँको जन्म भएको धार्मिक विश्वास छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको शुभकामना सन्देशमा यस्ता पर्वले विविधतायुक्त नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पु-याउने विश्वास व्यक्त गर्नुभएको छ । त्यसैगरी उहाँले गौरा पर्वप्रति पनि शुभकामना व्यक्त गर्नुभएको छ ।

श्रीकृष्ण जन्माष्टमी अवसरमा राष्ट्रपतिको शुभकामना   

राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्ण जन्मनुभएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देशमार्फत विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने गरेको स्मरण गराएकी छिन्। द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ।

राष्ट्रपतिले सन्देशमा भनेकी छन्, “यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्‍याउने अपेक्षा लिएको छु।”

प्रधानमन्त्रीको शुभकामना 

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिनुभएको छ ।

उहाँले शुभकामना सन्देशमा हामी बहुभाषा र संस्कृतिले जोडिएका छौँ भन्दै दुवै पर्वले राष्ट्रिय एकताको भावना थप प्रबल होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

श्री कृष्ण जन्माष्टमीका दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय