एजेन्सी। बलिउड अभिनेता अजय देवगन नयाँ फिल्म ‘थ्यांक्स गड’मा जोडिएका छन् । उनको नयाँ फिल्म ‘भूज’को काम सकिएपछि उनी नयाँ फिल्म ‘थ्यांक्स गड’मा जोडिएका हुन् । यो फिल्ममा सिद्धार्थ मल्होत्रासँग जोडिएका हुन् । यो फिल्ममा सिद्धार्थ र अजय एकसाथ प्रस्तुत हुँदै छन् । फिल्मको छायांकनमा आफू जोडिएको अभिनेता अजय देवगनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

यो फिल्मको बारेमा अजयले बाहिर खुलाएका छैनन् । उनले यो फिल्ममा भित्री रूपमै काम गरिरहेका छन् । फिल्मको कथा टिम र अन्य विषयलाई गुपचुप राखेर यसको काम सुरु गरिएको छ । अजय देवगनको यो फिल्म तेलुगु फिल्म नांधीको रिमेक हो । यो फिल्म अक्षयलाई साह्रै मन परेको थियो । सोही कारण यो फिल्ममा उनी आबद्ध भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय