नेपाली राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल छाड्ने सङ्केत दिएका छन् ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङसँगकाे विवादको प्रतिवेदन सार्वजनिक भएसँगै अलमुताइरीको भनाइ बाहिर आएको हो ।

प्रतिवेदनमा प्रशिक्षक अलमुताइरीले बानी सुधार गर्नुपर्नेसहित ११ बुँदे सुझाव दिइएकाे छ । उनले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्, ‘म बाहिरिएँ, राजनीतिलाई काम गर्न दिनुहाेस् ।’

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक र एन्फाका उपाध्यक्षबीचको विवाद समाधानका लागि गठित छानबिन समितिले बुधवार (आज) राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रतिवेदन बुझाएको छ ।

१४ दिन लामो छानबिन गरी समितिले ११ बुँदे निष्कर्षसहितको प्रतिवेदन राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बुझाएको हो । समितिकी प्रवक्ता सुवर्णकेशरी श्रेष्ठले ८२ पृष्ठ लामो प्रतिवेदनबाट निस्केको ११ बुँदे निचोड सार्वजनिक गरेकी हुन् ।

समितिले सार्वजनिक गरेको निष्कर्षमा अखिल नेपाल फुटबल सङ्घ एसियाली फुटबल महासङ्घको नियमअनुसार चल्न नसकेको, आफ्नो समस्या आफैँ समाधान गर्नुपर्ने तथा प्रशिक्षकले व्यक्तिगत बानी व्यहोरामा सुधार गर्नुपर्ने बताइएकाे छ ।

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलुमताइरीले वरिष्ठ उपाध्यक्षलाई कारण देखाउँदै पदबाट राजीनामा दिने घोषणापछि एन्फा विवाद बाहिर आएको थियो । जसलाई समाधान गर्न एन्फाले तेस्रो पक्ष युवा तथा खेलकुद मन्त्रालयलाई जिम्मा लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय