मुम्बई । बलिउड अभिनेता सुनिल सेट्टीका छोरा अहान सेट्टीले नायकको रूपमा डेब्यु गरेका छन् । उनले नयाँ फिल्म ‘तडप’बाट डेब्यु गरेका हुन् ।

यो फिल्म यतीबेला निर्माणको क्रममा रहेको छ । फिल्म तडप अब आगामी ३ डिसेम्बरमा रिलिज हुने भएको छ । ३ डिसेम्बरमा टाइगर श्राफको नयाँ फिल्म ‘हिरोपन्ती–२’ रिलिज गरिने चर्चा थियो । हिरोपन्ती–२ त्यो मितिमा रिलिज नहुने भएपछि अहानको फिल्म तडप रिलिज गर्न लागिएको हो ।

तडपलाई साजिद नाडियाडवालाले निर्देशन गरेका हुन् । यो फिल्ममा अहान सेट्टीसँग नायिकाको रूपमा तारा सुतारिया रहेकी छन् । फिल्म रिलिजको नयाँ मिति घोषणासँगै यसको फस्ट लुक्स पनि सार्वजनिक गरिएको छ ।

तडपलाई मिलन लुगरियाले निर्देशन गरेका हुन् । जसमा अहान र तारासँगै सौरभ शुक्ला, कुमुद मिश्रा, सुमित गलाटीलगायतको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय