वीरगंज ५, भदौ । वीरगंज को चिनी मिलस्थित पशुपति मन्दिरको परिसरमा आज चौथो शनिवार पनि सरसफाई अभियान गरिएको छ ।

युवा समाज पिपरा, लिंक रोड पिपरा विकास समिति, हिंदू परिषद नेपाल को संयुक्त आयोजना सहित विभिन्न संघ संस्था, सशस्त्र प्रहरी एवम् स्थानीयको सहयोगमा मन्दिर परिसर मा सरसफाई अभियान गरिएको हो ।

युवा समाज पिपराका अध्यक्ष अनिल पटेल, लिंक रोड पिपरा विकास समितिका, सचिव ऋषि सत्याल, हिन्दु परिषद् नेपाल का केंद्रीय अध्यक्ष संतोष पटेल, हिन्दु परिषद् नेपाल पर्साका जिल्ला अध्यक्ष हरेन्द्र पटेल , सशस्त्र प्रहरी १३ नम्बर गणका जवान हरु ,आसपुरंन पटेल, उमा संकर पटेल, राज कुमार राम,सोनालाल पटेल, अवध किसोर सिंह, बीरगंज महानगर पालिका सरसफाई को टोली लगायत स्थानीयका भर भला समाज सेवी हरु को पनि उपस्थिती रहेको थियो ।

स्थानीयहरु को सह्कार्य मा ४० जनाभन्दा बढीले मन्दिर वरिपरीको घाँस काट्नुका साथै सरसफाई गरेका थिए । यसअघि पहिलो , दोस्रो र तेस्रो  शनिवार पनि मन्दिरमा सरसफाई गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय