गायिका नेहा कक्कड इन्टरनेटमा अत्यन्त सक्रिय मात्र होइन लोकप्रिय पनि छिन् । त्यसैले त उनलाई इन्टरनेट सेन्सेशन मानिन्छ । सामाजिक सञ्जालमा पनि उनको राम्रो फ्यान फलोइङ छ । इन्स्टाग्राममा ६० मिलियन भन्दा बढि मानिसले उनलाई फलो गरेका छन् । नेहाले भने जम्मा २ सय ९ जनालाई मात्र फलो गरेकी छिन् ।

यसैबीच, नेहाले अब आफ्नो इन्स्टाग्रामबाट अपरिचित व्यक्तिहरुलाई अनफलो गर्ने निर्णय गरेकी छिन् ।
नेहाले आफुले चिनेकालाई मात्र फलो गर्ने बताएकी छिन् ।

उक्त कुराको बारेमा नेहाले इन्स्टा स्टोरीमा एउटा नोट लेखेकी छिन्– ‘माफ गर्नु होला, विगतका केही पोस्टहरुमा भएका अमिठा अनुभवहरुका कारण मैले आफ्नो इन्स्टाग्रामबाट केही मानिसहरुलाई अनफलो गर्ने योजना बनाएकी छु । म केवल ती मानिसलाई फलो गर्नेछु, जसलाई म चिन्छु, दिनहुँ उनीहरुसंग भेट्छु अथवा उनीहरुसंग काम गर्छु । यदि यो कुरा तपाईँहरुलाई नराम्रो लाग्यो भने माफ गरिदिनु होला । मेरो मनमा कुनै पनि किसिमको गुनासो छैन । तर हामीले धेरै सजग हुन आवश्यक छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय