काठमाडौं १८, साउन :  नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो तीन बजेका लागि डाकिएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको बताईएको छ ।

आजको बैठकले देउवा सरकारमा जाने पार्टीका बाँकी मन्त्रीहरुको नामका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको थियो । काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनमोर्चाको समर्थनमा २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषललाई पूर्णता दिन सकेका छैनन् ।

मन्त्रालय बाँडफाँटमा काँग्रेसले महत्वपूर्ण मन्त्रालय सबै आफैले राख्न खोजेपछि प्रधानमन्त्री देउवासँथ थप सम्बाद गर्न बैठक स्थगित गरिएको माओवादीको उच्च स्रोतले जनाएको छ । बाँकी अवधि अविश्वासको प्रस्ताव आउन नसक्ने भन्दै देउवाले सत्ता गठबन्धन भित्रकै साझेदार दललाई पेल्ने संकेत पाएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग गम्बिर छलफल गर्न बैठक स्थगित गरिएको स्रोतको भनाई छ ।

एमालेको नेपाल पक्ष सरकारमा सहभागी नहुने निश्चित जस्तै भएपछि माओवादी केन्द्रले नेपाल पक्षलाई छुट्याईएको मन्त्रीको कोटा आफुलाई थप गर्न माग गरेको बताईएको छ । मन्त्रालय र मन्त्रीहरुको मर्यादाक्रममा सहमति हुन नसक्नु र दलहरुले पनि आ आफ्नो दलभित्रको विवाद मिलाएर नाम पठाउन नसक्नुका कारण मन्त्रिपरिषदले पूर्णथा पाउन सकेको छैन ।

देउवाले मन्त्री भएकै दिन काँग्रेसबाट बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका थिए भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय