वीरगंज १४, साउन :वीरगंजस्थित ‘माइती नेपाल’ नामक संस्थाले एक वर्षको अवधिमा १ सय १० जना किशोरीहरुको उद्दार गरेको छ । पर्सालगायत नेपाल–भारत सीमा क्षेत्र एवं भारतको विभिन्न शहरहरुमा अलपत्र परेका तथा मानव बेचबिखनको शिकार बनेका किशोरीहरुलाई उद्दार गर्ने कार्य गर्दै आएको उक्त संस्थाले गत आर्थिक वर्ष २०७७ को साउनदेखि २०७८ को असार मसान्तसम्म एक वर्षको अवधिमा ११० जना किशोरी एवं युवतीहरुको उद्दार गरेको हो ।

गरीब, विपन्न एवं असहाय परिवारका किशोरीहरुलाई दलालहरुले विभिन्न प्रलोभन देखाई ललाई फकाई भारतमा लगेर बेच्ने गरेका छन् । नेपाल–भारत खुल्ला सीमा क्षेत्र वीरगंज रक्सौल रहेको कारण विशेषगरी नेपालको विभिन्न जिल्लाबाट दलालहरुले किशोरीहरुलाई ललाई फकाई यही नाका हुँदै भारतका विभिन्न शहरहरुमा पु¥याएर बेचबिखन गर्ने गरेका छन् ।

दलालको चङ्गुलमा परेर भारतमा बेचिएका एवं अलपत्र परेकाहरु उद्दार गरिएको उक्त किशोरीहरु १२ वर्षदेखि ४० वर्ष उमेर समूहका रहेका छन् । जसमध्ये सबै भन्दा बढी १२ वर्षदेखि २५ वर्ष उमेर समूहका रहेका माइती नेपाल पर्साको तथ्यांकले देखाएको छ ।

दलालहरुले जागिरको प्रलोभन देखाई अकेस्ट्रा नाच, यौन व्यवसायमा धकेल्नुको साथै मानवबलि जस्ता कुकर्मका लागि पनि बेचबिखन गर्ने गरेको बताइएको छ । तराईको पूर्वी जिल्ला एवं पहाडी क्षेत्रका गरीब, असहाय परिवारका किशोरीहरुलाई जागिर लगाइनेदिने एवं बढी पैसा कमाउने प्रलोभन देखाई दलालहरुले नेपालकै विभिन्न ठाउँमा लैजाने भन्दै वीरगंज नाका हुँदै भारतीय सीमावर्ती शहरहरुमा पु¥याउने गरेको माइती नेपाल पर्साकी संयोजिका संगीता पुरीले बताइन् ।

उनका अनुसार आर्थिक अवस्था कमजोर रहेका परिवारका किशोरीहरुलाई बढी पैसा दिने प्रलोभन देखाई भारतीय शहरमा लगेर बेच्ने गरेका छन् । माइती नेपालले नेपाल–भारत सीमा क्षेत्रस्थित शंकराचार्य गेट नजिकै अस्थायी पोष्ट सञ्चालन गरि नेपालबाट भारत तर्फ लैजान लागिएका किशोरीहरुलाई सोधपुछ गर्नुको साथै शंका लागेमा नियन्त्रणमा लिने गरेको छ ।

साथै, भारतको विभिन्न शहरमा बेचिएर अलपत्र परेका किशोरीहरुबारे सूचना प्राप्त भएपछि नेपाल प्रहरी, भारतीय प्रहरी एवं भारतीय एसएसबीको सहयोगमा उनीहरुको उद्दार गर्दै आएको बताइन् ।
यही मंगलबार झापाकी २० र १६ वर्षीया २ जना किशोरीहरुलाई भारतको छौडादानोबाट उद्दार गरिएको छ । माइती नेपाल, नेपाल प्रहरी एवं भारतीय प्रहरीको सहयोगमा बेचिका उक्त दुई किशोरीलाई उद्दार गरेर माइती नेपालको संरक्षणमा राखिएको हो ।

उक्त किशोरीहरुको बेचबिखनमा संलग्न आरोपमा पर्सा प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ । पक्राउ पर्नेमा झापाकै विर्तामोड नगरपालिका–९ की २० वर्षीया लक्ष्मी दास र सुनसरीको इटहरी उपमहानगरपालिका–१२ की १९ वर्षीया खुश्बु विश्वकर्मा रहेका छन् ।

उनीहरुले उक्त किशोरीहरुलाई बिक्री गर्नका लागि भारत पु¥याएका थिए । दुईजना किशोरीलाई भारत बिहारको छौंडादानो भन्ने स्थानमा पु¥याई बेचबिखन भइरहेको प्राप्त सूचनाको आधारमा प्रहरीले मंगलबार भारतीय काउन्टर पार्ट्ससँग समन्वय गरी उनीहरुको उद्दार गरेको थियो ।

छौंडादानोमा पुगिसकेपछि मोबाइल फोन खोसेर एउटा कोठामा राखेर भारतकै अन्य स्थानमा पठाउने तयारी भइरहेको समयमा उनीहरुको उद्दार गरिएको थियो । पक्राउ परेका दुवै जनाविरुद्ध मानव बेचबिखन कसूरमा पर्सा जिल्ला अदालतबाट बुधबार सात दिनको म्याद अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको छ ।

त्यस्तै, उद्दार गरिएका दुई किशोरी अहिले माइती नेपालको संरक्षणमा रहेका छन् । उक्त दुई किशोरी उदाहरणको पात्र मात्रै हुन्, यस्ता किशोरीहरु वर्षमा डेढ देखि २ सयको हाराहारीमा वीरगंज नाकाबाट भारतीय सहरमा पु¥याइने गरेको तथ्यांकले देखाएको छ ।

माइती नेपालले आवधिक गृह पर्सा सञ्चालनमा आएदेखि हालसम्म ३ हजार ६ जनालाई उद्दार गरि परिवारको जिम्मा लगाउनुको साथै केही युवतीहरुलाई विभिन्न रोजगारीमा समेत लगाएको छ । माइती नेपालले २०५४÷५५ सालदेखि हालसम्म ३ सय ५० जनालाई भारतको विभिन्न सहरबाट उद्दार गरेको छ भने ३२४ जना हराएका किशोरीहरुलाई फेला परेको छ ।

यसैगरि ५६ जनालाई मानव बेचबिखनबाट मुक्त गराएको छ भने ५७ जनालाई जबरजस्ती करणीबाट उद्दार गरेको छ । दलालहरुको लहलहीमा परि भारतीय शहरमा बेचिएका एवं बेच्नका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा चेकजाँचको क्रममा उद्दार गरिएका उक्त किशोरीहरुलाई उक्त संस्थाले काममा लगाउनुको साथै परिवारको जिम्मा लगाउँदै आएको छ ।

यस संस्थाले एक वर्षको अवधिमा उद्दार गरेकाहरुमध्ये १ जना किशोरीलाई चितवनस्थित माइती नेपालको कार्यालयमा रोजगारी दिनुका साथै वीरगंजस्थित त्रिजुद्ध स्कुलमा २ जना किशोरीहरुलाई अध्ययन अध्यापन पनि गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय