सप्तरी : घर नजिकै बग्दै गरेको सप्तकोशी नदीमा बगेर आउने दाउरा छान्दै गरेको अवस्थामा डुबेर एक बालकको मृत्यु भएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित मामाघर आएका भारतको सुपौल जिल्ला कुनौली ग्राम पञ्चायत ७ निवासी ८ वर्षिय विकास कुमार मुखियाको डुबेर मृत्यु भएको हो ।

प्रहरी नायक उपरिक्षक माधवप्रसाद काफ्लेका अनुसार सोमबार दिउँसो ४ बजेतिर सप्तकोशी नदीमा बाढीले बगाएर ल्याउने गरेको दाउरा छान्ने क्रममा डुबेर उनको मृत्यु भएको हो ।

वर्षायामका कारण नदीमा वहाव उच्च रहेको र अभिभावकले निगरानी गर्न नसक्दा सो दुःखद घटना भएको उनको भनाई छ ।

जिल्लामा डुबेर मृत्यु हुने बालबालिकाको संख्या उच्च छ । प्रहरीका अनुसार सप्तरीमा आर्थिक वर्ष २०७७÷७८ मा मात्रै नदी, खोला, पोखरी र खाडलमा डुबेर १२ बालबालिकाको मृत्यु भएको छ ।

अभिभावकले आफ्ना सन्तानको ख्याल नगर्दा डुबेर र नदी खोलाले बगाएर बालबालिकाको ज्यान गुमाउने क्रम बढेको भन्दै प्रहरीले तटिय क्षेत्रमा नजान तथा बालबालिकामाथी अभिभावकले निगरान्ी गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय