वीरगंज ६, , साउन : एमाले नेता माधव कुमार नेपालको बिरोध गदै मंगलबार नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकताहरुले रौतहटको चन्द्रनिगाहपुरमा रहेको घर अगाडी पुत्ला दोहन गरेका छन् ।

मंगलबार साझ युवा संघका कार्यकर्ताहरुले एकोहोरो शंख बजाउदै नेता नेपालको पुत्ला जलाएका थिए । युवा संघ नेपालका कार्यकर्ता तथा अनेरास्ववियुका बिद्यार्थीहरुले नेता नेपालविरुद्ध नाराबाजी समेत गरेका थिए । आफनो पार्टीका अध्यक्ष केपी शर्मा ओली बिरुद्ध लागेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर अन्र्तरघात गरेको उनीहरुको आरोप छ ।

उनीहरुले नेता नेपाललाइ रौतहट नआउन समेत चेतावनी दिएका छन । माधब नेपालको गद्दारी र अन्र्तरघाती बिरुद्ध आफुहरु आन्दोलनमा होमिएको युवा संघ रौतहटका संयोजक रबि रानाले बताए ।

बिरोध जुलुसमा नेकपा एमाले चन्द्रपुर नगर कमिटिका सचिब राजेन्द्र तिवारी,अनेरास्वबियुकी केन्द्रिय सदस्य आरती भण्डारी लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय