काठमाडौँ : नेकपा एमालेको दशौं केन्द्रीय कमिटीको दोस्रो बैठक प्रदेशका अध्यक्षहरुको रिपोर्टिङ सुनेर सकिएको छ । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका सांसदहरुलाई कारवाही गर्ने अनुमान गरिएपनि त्यस बारे निर्णय नगरि प्रदेश अध्यक्षहरुको रिपोर्ट सुनेर आजको बैठक सकिएको हो ।

सोमबार बैठकको पहिलो दिन माधव समूहका सांसदहरुलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । बैठकबारे सञ्चारकर्मीहरुलाई जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले स्पष्टीकरण सोधिएका नेताहरु सम्म स्पष्टीकरण हात परेको २४ घण्टा पुरा नभएको कारण आज त्यसबारे कुनै निर्णय नभएको जानकारी दिए ।

एमालेको नेपाल पक्षले स्पष्टीकरण प्राप्त नभएको र प्राप्त भएपनि स्पष्टीकरणको जवाफ नदिने निर्ण गरिसकेकाछन् । सांसदहरुले पत्र हात पारेपछि मात्र २४ घण्टाको अल्टिमेटम अवधि सुरु हुने छ । प्रवक्ता ज्ञवालीले । आजको बैठक सातैवटा प्रदेशका पार्टी अध्यक्षहरुले आ(आफ्नो प्रदेशको अवस्थाका बारेमा ब्रिफिङ गर्नु भयो ।

बैठक भोलि ३ बजे पुनः बस्ने गरी स्थगित भएको पनि ज्ञवालीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय