वीरगन्ज २,साउन : पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदल भंग भएपनि एमालेका दोस्रो तहका नेताहरुबीच पुनः छलफलमा जुटेका छन् ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर विघटित कार्यदलका सदस्यहरुले सिंहदरबारमा छलफल गरेका छन् ।

एमालेको शनिबार बसेको स्थायी कमिटी बैठकले कार्यदलले यसअघि तयार पारेको १० बुँदे समझारीलाई ग्रहण गर्दै ‘रचनात्मक’ रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

नेपाल पक्षधर कार्यदलका सदस्यहरुले बैठक स्थगित गरी सहमतिका आधारमा विधानसम्मत अर्को बैठक बोलाउन आग्रह गरेका थिए । तर, अध्यक्ष ओलीले बैठक नरोक्ने भन्दै अघि बढाएपछि उनीहरु बैठकस्थल छोडेर बाहिरिएका थिए ।

एमाले संसदीय दलको कार्यालयमा बसेका नेताहरुले १० बुँदे सहमतिको कार्यान्वयन कसरी गर्ने भन्नेबारेमा छलफल गरेका छन् । अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई गद्दार घोषणा गरेका छन् । तर, कार्यदलका सदस्यहरु भने शीर्ष नेतृत्वको रिस थुम्थुम्याउने प्रयासमा रहेका छन् ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त बन्न सघाएको एमालेको नेपाल पक्षले उनलाई विश्वासको मत समेत दिने बताइरहेको छ । संसद विघटनको विरुद्धमा रहेको सो पक्षले विश्वासको मत नदिए पुनः विघटन हुने भन्दै पुरा कार्यकाल संसद चल्नुपर्ने बताउँदै आएको छ । तर, एमालेले संस्थागत निर्णय गर्दै देउवालाई विश्वासको मत नदिन आफ्ना सबै सांसदहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय