वीरगन्ज २,साउन :  प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ । माओवादी केन्द्रबाट भरत साह आन्तरिक मामिला तथा सञ्चार मन्त्री हुने निश्चित भएको छ । उनीसँगै रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय माओवादी केन्द्रले गरेको छ ।

साह महोत्तरी क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित सांसद हुने भने सप्तरीकी कर्ण समानुपातिक सांसद हुन् । माओवादी केन्द्रलाई सरकारमा भित्र्याउन जसपाका एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय