काठमाडौं ०१, साउन :छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई थप १६ लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सो खोप उपलब्ध गराउने जनाएकी हुन् । प्रधामन्त्री शेरबहादुर देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेकी यान्छीले दउवासँग थप खोप अनुदानमा उपलब्ध गराउने जनाएको परराष्ट्र मन्त्रायलले जनाएको छ । यान्छीले चीन सरकारले नेपालको कोरोना भाइरस विरुद्धको लडाईंलाई साथ दिन खोप सहयाता गरेको बताइन् ।

चीनले यसअघि नेपाललाई १८ लाख डोज भेरोसेल खोप अनुदान सहयाता गरिसकेको छ । अनुदानको सबै खोप नेपाल आइसकेको छ । अब चिनियाँ अनुदानको खोप मात्र नेपाललाई ३४ लाख डोज पुगेको छ । यस्तै नेपालले चीनबाटै थप ४० लाख डोज खरिद गरेको छ । जसमध्ये ८ लाख डोज नेपाल आइसकेको छ ।

केही दिनअघि मात्र राजदूत यान्छीले नेपाली संचारकर्मीहरुसँग चीनले थप खोप सहायता गर्न लागेको जानकारी दिएकी थिइन ।

राजदूत यान्छीले प्रधानमन्त्री देउवालाई बधाई दिँदै चीन नेपाल सम्बन्ध थप मजबुद बन्ने विश्वास व्यक्त गरेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय