वीरगंज २८, असार :नारायणगढ-मुग्लिन सडकखण्ड सुख्खा पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध भएको छ ।

आज बिहान करिब साढे ४ बजेतिर इच्छाकामना गाउँपालिका वडा नंबर ६ कालिखोलामा सुख्खा पहोरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।

पहिरो पन्छाउने कार्य सुरु भए पनि पहिरो झर्ने क्रम नरोकिएकाले सवारी आवागमन सुचारु गर्न कठिनाइ भएको छ ।

सडक सुचारु गर्न कम्तिमा पनि अझै २ घण्टा समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय