२३ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

आज थपिएको यो संख्यासहित संक्रमित हुनेको संख्या १ लाख ६७६ पुगेको हो। त्यस्तै मृत्यु हुनेको संख्या ६ सय पुगेको छ। पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको हो।
त्यस्तै कोरोनाबाट निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १ हजार ६८० जना कोरोनाबाट मुक्त भएको मन्त्रालयले जनाएको छ।

हाल देशभर सक्रिय संक्रमित २७ हजार ५३ रहेका छन्। पछिल्लो २४ घण्टामा थप १३ हजार २७९ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ११ लाख ४५ हजार जनाको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय