एजेन्सी  ३ असार :इटाली युरोपेली च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गरेको छ। गएराति भएको खेलमा स्विट्जरल्यान्डलाई ३-० गोल अन्तरले पराजित गर्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको हो।

इटालीलाई सानदार जित दिलाउनको लागि म्यानुएल लोकाटेलीले दुई गोल गरे भने चिरो इम्मोबिलेको एक गोल गरे। एक गोल पहिलो र दुई गोल दोस्रो हाफमा सम्भव भएको थियो।  खेलको २६ औं मिनेटमा लोकाटेलीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफको ५२ औं मिनेटमा लोकाटेलीले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीको अग्रता दोब्बर पारे। उने निको बरेल्लाको पासमा गोल गरेका थिए।  ८९ औं मिनेटमा इम्मोबिलेले गोल गर्दै इटालीलाई ३–० को जित दिलाए। उनले राफाएल टोलोइको पासमा गोल गरेका थिए।

यस जितसँगै समूहको शीर्ष स्थानमा रहेको इटालीको २ खेलमा ६ अंक रहेको छ। वेल्स २ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ। स्विट्जरल्यान्डको १ अंक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय