वीरगंज २७, जेठ : पर्सामा निषेधाज्ञाका प्रभावितहरुलाई भोजन उपलब्ध गराउन बिरगंज  सिटीरोयेल युवा क्लब श्रीपुर  क्लब का सदस्य हरू  ले सुरु गरेको निःशुल्क  भोजन अभियान सेवा अन्गर्गत  बिहिबार १७ औं  दिन पनी खानाका प्याकेटहरु वितरण गरिएको छ । सामाजिक रुपमा सक्रिय रहेको  श्रीपुर क्लब का सदस्य र स्थानिय युवाहरुको सहयोग ले २०७८ जेठ ११ मंगलबार देखी सुरु गरेको  क्लब का अध्यक्ष सूरज महतो धानुक का जानकारी अनुसार यस अभियानको सुरुवात गरेको थिए ।

दोस्रो लहरको कोरोनाभाइरस संक्रमणका कारण प्रभावित भएका दैनिक ज्यालादारी गर्ने मजदुर, गरिबलगायत विपन्न वर्गहरुको सहयोगार्थ का लागि  निःशुल्क भोजन सेवाको थालनी गरिएको  श्रीपुर क्लब का  उपाध्यक्ष बिकी कुमार महतो ले बताए ।

क्लबले  जेठ ११ मंगलबार  देखि सुरु गरेको अभियानलाई निरन्तरता दिएको क्लबका कोषाध्यक्ष ज्ञयाने कुमार ले जानकारी दिए । ज्ञयाने का अनुसार १७ औं  दिन यहाँको विभिन्न स्थानमा  २ सय ५० खानाको प्याकेट वितरण गरिएको बताए ।

वीरगंजको  आदर्शनगर,  पावर हाउस चोक, घन्टाघर चोक, माईस्थान चोक,भन्सार र बसपार्क क्षेत्र लगायतका स्थानमा  गरिव तथा विपन्नहरुलाई भोजनको प्याकेट वितरण गरिएको क्लब का सदस्य अन्जनी कुमार ले जनाकारी दिए

यस्तै यो अभियान मा सहयोग गर्ने बिरगंज  सिटीरोयेल युवा क्लब श्रीपुर  क्लब का सदस्य हरू बालमीकि कुमार, बिष्णु महतो ,साहेब साह कानू, बिकेश महतो, अन्जनी कुमार,भिम महतो,प्रकाश कुमार,आनंद कुमार,सन्दिप कुमार,जोशी कुमार,दीपेंदर कुमार,अनिल कुमार मण्डल,बीरेंदर साह,मैना देवि, बबिता देवि लगायत यस कार्य मा सहयोग गर्नु हुने । श्रीपुर का राजनितिक कर्मी ,समाज सेवी एवम  साथै यस समाज का अगुवा को उपस्थित थियो। भने अब लक डाउन अली अली खुक्लो हुने कारन ले  यस नि :शुल्क भोजन अभियान आज देखी बन्द गर्ने क्लब अध्यक्ष सूरज महतो धानुक ले बताए का छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय