वीरगंज २३, जेठ : स्वालम्बन लघुवित वित्तिय संस्था लिमिटेड शाखा कार्यालय  पोखरिया द्वारा संस्थाका सदस्य हरू लाई   रू १०००/ बराबर को खाध्य सामग्री वितरण गरिएको छ।

तिव्र गतिमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न पर्सा जिल्लामा बैशाख १६ गतेदेखि जारी निषेधाज्ञाका कारण त्यस वित्तिय संस्थामा आबद्ध गरीब असहाय र विप्पन वर्गका प्रभावित भएकाहरु लाई समाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ४३ जना सदसयहरूलाई रू ४३००० हजार बराबरकाे राहत वितरण गरिएको छ ।  स्वालम्बन लघुवित वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पोखरिया का निमित शाखा प्रबंधक हरिशंकर प्रसाद श्रीवास्तवले हस्तान्तरण गरेका थिए ।

राहत वितरणमा  प्रती व्यक्ति  लाई   जिरा मसिनो चावल १० किलो, दाल १ किलो, खानेतेल आधा लिटर, नुन १ किलो र साबुन २ पिस लगायत  बराबर को खाध्य सामग्री बितरण गरिएको थियो ।

कार्यक्रममा संस्थाका कर्मचारी प्रमोद कुमार महतो, अनिल प्रशाद चौधरी, रोशन कुमार पण्डित र अशोक कुमार सिन्हा लगायतले सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय